Logout

चर्चामा

सुनको मूल्य बढ्याे

581 Shares

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) तोलामा रु ४०० ले उकालो लागेको छ।

चैत महिनाको पहिलो दिन छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार भइरहेकाे छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार