Logout

चर्चामा

अल्टिमेटम दिएको २४ घण्टा नपुग्दै ओलीले लिए यस्तो एक्सन, देशभर तरङ्ग

6k Shares

काठमाडौँ । नेकपा एमालेका ५७ जना नेताले दिएको अल्टिमेटम २४ घण्टा पुग्न नपाउँदै खेर गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा ‘बार्गेनिङ’ नचल्ने भन्दै एक्सनमा आएपछि अल्टिमेटम खेर गएको हो ।

५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको ओली पक्षको भनाई छ । नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।

उनीहरूले भदौ ४ गते बसुन्धारास्थित अरिकल इभेन्ट्समा छलफल गरेर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता हुनुपर्ने र १० बुँदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन थाल्न अध्यक्ष ओलीलाई भनेका थिए ।

१० बुँदे कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिनुपर्ने र कार्यान्वयन नभए विद्रोह गरेर माधव नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा जानुपर्ने धारणा पनि प्रकट भएको छलफलमा सहभागी एक नेताले बताए ।

एमाले अध्यक्ष केपी ओली निकट नेताहरूले भने बार्गेनिङका लागि भनिएको अल्टिमेटमको अर्थ नहुने प्रतिक्रिया दिएका छन् । ओलीका तर्फबाट कार्यदलमा रहेका एक सिनियर नेताले भने, ‘त्यस्तो अल्टिमेटम म भएको भए पनि दिन्नथेँ, अरूले पनि दिनु हुँदैन । त्यसले एकताको प्रयासलाई बिगार्छ । एकतामा लागेका साथीहरूले त्यस्तो भाषा बोल्नै हुँदैन । निरन्तर एकताको प्रयासमा लाग्नुपर्छ ।’

पार्टी विवाद समाधानको प्रयासमा निरन्तर लागिरहेको भन्दै ती नेताले भने, ‘हाम्रै प्रयासका कारण धेरै साथीहरू विभाजनमा सहभागी हुनुभएन । तर, उहाँहरू पार्टीको नियमित काममा आइसक्नु भएको पनि छैन । उहाँहरूलाई ल्याउने प्रयास जारी छ ।’

नेकपा एमालेका अर्का नेता एवम् स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्छन्, ‘उनीहरूको नियत नै राम्रो छैन । उनीहरू कसैको प्रभावमा परेका छन् । बार्गेनिङको अर्थ छैन । पार्टीमा आफ्नो जिम्मेवारीमा आएर काम गर्दा हुन्छ ।’

५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्नुपर्ने मण्डलको भनाइ छ ।

‘१० बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेको छ । कार्यान्वयनको लागि त पार्टी बैठकमा आउनुपर्‍यो । बाहिर बसेर बार्गेनिङ गर्ने भनेको पार्टीलाई सिध्याउने नियत मात्रै हो,’ मण्डलले भने ।

माओवादीबाट एमालेका आएका नेताहरूको बारेमा ५७ जना नेताहरूको दृष्टिकोण गलत रहेको मण्डलको आरोप छ । ‘२०७५ जेठ २ को अवस्थामा पार्टी फर्कनुपर्छ भन्नुहुन्छ । पार्टीमा आएका साथीहरू (माओवादी केन्द्रबाट आएका) को बारेमा के गर्न खोजेको रु पार्टी यसै फुटेको छ उसै फुटेको छ । सबै बार्गेनिङ सुन्नुपर्छ भन्ने छैन,’ मण्डलले भने ।

तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको थियो । उक्त एकीकरणलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो ।

एमालेका अर्का नेता एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले जो–जो फर्केर आउँछन् उनीहरूले जिम्मेवारी पाउने तर, अल्टिमेटम र बार्गेनिङ पार्टीले नसुन्ने बताए । ‘पार्टीले यस्ता अल्टिमेटम र बार्गेनिङ धेरै बेहोरिसक्यो । अब बार्गेनिङ हुँदैन, चल्दैन । जो फर्केर आउँछन् उनीहरूले आफ्नो जिम्मेवारी पाउँछन्, ’ तामाङले भने ।

उनले भने, ‘उहाँहरू एमालेकै नेता हो, एमालेकै नेता बन्नुहोस् भन्छौं । एमालेभन्दा बाहिर गएर पहिचान बनाएको हामी पनि हेर्छौँ नि त १’ विभिन्न गुट र समूहले गर्ने बार्गेनिङको आधारमा कसैलाई पार्टीले पर्खेर बस्न नसक्ने उनको भनाइ छ ।

‘कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनको लागि त पार्टी बैठकमा सहभागी हुनुपर्‍यो नि । बाहिर बाहिर बैठक गरेर १० बुँदे कार्यान्वयन हुन्छ र रु,’ केन्द्रीय कार्यालयका सचिव समेत रहेका तामाङले भने, ‘२०७५ जेठ २ को अवस्थामा गएर बैठक बस्नका लागि उहाँहरूलाई खबर गरिएको हो तर, आउनु भएन । सधैँ पर्खेर बस्न चाहिँ सकिँदैन ।’

पार्टीको आन्तरिक समस्या छन् भने त्यसको समाधान पार्टीको बैठकबाट खोज्नुपर्ने तर, बाहिर गुट–उपगुटले गरेको बैठकलाई पार्टीले नचिन्ने तामाङ बताउँछन् । ‘उहाँहरूले एमाले जान्नुभएकै छ । त्यसबारे हामीले बताइरहनु पर्दैन । उहाँहरू नेता हो प्रशिक्षण दिइरहनु पनि आवश्यक छैन । नेताहरूले के गर्नुपर्ने हो भन्ने त उहाँहरूले नै बुझ्नुहुन्छ,’ तामाङले भने ।

एमालेको आन्तरिक विवाद मिल्न नसक्दा वरिष्ठ नेता माधव नेपालले नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एमालेमा माधव नेपाल निकट भनेर चिनिएका ५७ जना नेताहरू भने तटस्थ बसेका छन् । उनीहरूले माधव नेपाललाई पनि पार्टी दर्ता प्रक्रियाबाट फर्किन भनेका छन् ।

उनीहरूले पार्टी विवाद समाधानको लागि लचक हुन आग्रह गर्ने निर्णय गरेका थिए । एमालेका सचिव एवं स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने, ‘पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीलाई लचिलो हुन आग्रह गर्छौँ र १० बुँदे सहमतिको अक्षरश कार्यान्वयनको पहल गर्छौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार