अन्जना भट्टराई
हालसालै म्याट्रिक परिक्षाको नतिजा प्रकाशन भइसकेपछि मेरो यात्रा पनि उच्च शिक्षा हासिल गर्नको लागि राजधानी "काठमाडौं "तर्फ तय भएको थियो । विहानै राजधानीको यात्रा सुरु गर्ने क्रममा मसङ्गै यात्रा गर्नुभएको अपरिचित दाजुले सोध्नुभयो ,"तिमि पनि काठमाडौं पढ्नको लागि हिडेकि ? म पनि जिज्ञासा राख्दै सोधे किन र दाजु काठमाडौं पढ्न जानू हुदैन र रु उहाँले हुन्छ किन नहुनु, काठमाडौं गएर पढेपछी त निरक्षरले पनि अक्षर देख्न थाल्छन् रेु भन्नुभयो । अनि मेरो पछाडि बस्नुभएकी दिदिले भन्नुभयो ,"काठमाडौं गएर पढ्यो भने सजिलै जागीर पाउन सकिन्छ रे, धेरै पैसा कमाउन सकिन्छ रे त्येसैले म पनि मेरा भाइबहिनिलाई ऋण खोजेर महङ्गा कलेजमा पढाएकी छुू भन्नुभयो । मलाई भने काठमाडौंको वस्तविकता थाहा थियो त्येसैले उहाँहरुको विचारलाई खन्डन गर्न उचित लागेन ।
माथिको प्रसङ्ग त प्रतिनिधिमुलक विचार मात्र हो । हाम्रो समाजमा अधिकाम्स मानिसहरुले यस्तै विचार राख्ने गर्छ्न । कोहि राजधानी जाँदै छ भने झट्ट सबैको मस्तिष्कमा उ धेरै पढ्छरपढ्छे, राम्रो घरको छोरा रछोरी हो, उ ठुलो सपना देख्दै छ भन्ने बुझाइ आउँछ ।
प्राय मानिसहरु सपनालाई तराजुमा राखेर कसको सपना कस्तो भन्दै मुल्यांकन गर्ने व्यवहारले सपनाको अर्थ र राजधानीको वास्तविकता रहस्यमय नै रहेछ भन्ने बुझ्न सकिन्छ । मेरो विचारमा सपना अनन्त हो न त यसलाई सिमािङ्कत गरिएको छ न त यसलाई कसैको चिन्तनबाट हटाउन नै सकिन्छ । सबैका लागि आफुले देखेको सपना अमुल्य हुन्छन् । कोहि जन्म लिनु नै उ स्वयं आफैमा सपनाका रहस्यमय संगीत हो जसले यस संगीतलाई पछ्याउन सक्छ उ सफल हुन्छ । फ़ेरि कसैको मनमा सफल के होरु कस्ता व्यक्तिलाई सफल भन्ने त रु इत्यादि प्रश्न आउला रु हरेक व्यक्तिको जिवनमा सफलताको परिभाषा भिन्नै हुन्छ । त्यस्तै मेरो विचारमा सफलता भनेको आध्यात्मिक ज्ञानलाई व्यवहारिक ज्ञानमा रुपान्तरण गर्ने क्षमता राख्नु नै वास्तविक जीवनको सफलता हो ।
हिजोआज हामी धनाढ्य, तडकभडक बढी भएका व्यक्ति भलाद्मी हुन् भन्ठान्छौ र उनीहरुको आडम्बरी जीवनशैलीलाई हेरेर सफलताको माला लगाईदिन्छौ । हामी उनीहरुको बौद्धिकता र दर्शनको पृष्ठभुमिलाई अवलोकन गर्नभन्दा पनि बाहिरी विलासिता जीवनशैलीमा रुचि देखाउछौ त्यसैले आज बढ्दो वैज्ञानिक युगसङ्सङै मानिसको बिचाराधिन क्षमता घट्दै गइरहेको छ र सोही व्यक्तिलाई भलाद्मीको उपनाम दिइन्छ । त्यसैले आज साच्चैका भलाद्मी जुन वास्तवमा सफल हुन उनिहरु यो समाजबाट हराउँदै गइरहेका छन । कोहि राजधानिमा पढ्दैमा , त्यहाँको हावापानीमा आफ्नो मनमस्तिकलाई ढाल्दैमा ,महँगो विद्यालयमा पढ्दैमा उसको पढाइ राम्रो हुन्छ , उ सफल हुन्छ , उसको बुझाई स्वच्छ, नितान्त छ भन्ने सोच्नु भ्रम हो । सायद अधिकाम्स मानिसहरू यस्ता भ्रमका सिकार भइरहेका छन ।त्यसैले हाम्रा अभिभावकहरु आफ्ना बालबच्चालाई राजधानी पठाउन आतुर हुन्छन् । सपना देख्नको लागि राजधानी नै उचित छ भन्ने सोच्नु गलत हो ।
सपना त इच्छाशक्ति हो यदि कोहिसङग दृढ़ इच्छाशक्ति छ भने गाउँमा बसेर पनि पूरा गर्न सकिन्छ तर सपना देख्न भने जरुरी छ। किनकि सपना त सृजना हो । यदि राइटब्रदर्सले त्यो समयमा मान्छे पनि चरा जस्तै उडान भर्ने सपना नदेखेको भए सयाद आज उड्डयन प्रबिधिको सहजता देख्न पाइने थिएन,सायद थोमस एल्वा एडिसनले अध्यारो रातमा पनि प्रकाशको कल्पना नगरेको भए हाम्रा रातहरु सधैं औसि नै रहिरहन्थे होला । सपना पछी मात्र विज्ञानको जन्म हुन्छ । यदि सपना नै छैन भने विज्ञान छैन त्यसैले यो भन्न सकिन्छ , आज बिज्ञानले दिएको सबै उपजहरु वेद,पुराण,महाभारतमा पहिले नै कल्पना गरिसकिएको थियो । त्यसैले त विज्ञानले प्रमाणिात गर्न नसकेपछि हामी ईश्वरप्रती आस्था राख्न थाल्छौ । तसर्थ स् जहाँ कल्पना त्यहाँ विज्ञान ।
अहिलेको तथ्यांक हेर्ने हो भने ६०(६५५ विद्यार्थी म्याटृक परिक्षा पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्ने सपना बोकेर राजधानी "काठमाडौ "प्रस्थान गर्छन् । नयाँ ठाँउ नयाँ विचार र केही नयाँ गर्ने सोच बोकेर आफ्ना बुबाआमाको काख छाडेर धेरै टाढा आउछन् । कुनै ठाउँमा उच्च शिक्षा पुग्दापुग्दै पनि उनिहरुलाई राजधानी जानैपर्ने बाध्यता बनाइन्छ भने कुनै ठाउँमा उच्च शिक्षा पुगेको छैन त्यहाँका विध्यार्थिले के गर्ने त रु जसका बुबाआमाले लगानी गर्न सक्छन् ,उनीहरुका छोराछोरी त अध्ययन गर्नका लागि राजधानी आउछन् । तर प्रश्न भने ति विध्यार्थिहरुको हो जसको घरमा एक छाक जोड्नको लागि दिनरात मेहनत गर्नुपर्छ भने पढाइको त कुरा परै जाओस् । के तिनीहरु सपनाका भोका होलान् त रु पक्कै पनि उनीहरुले पनि काडैकाडा भरिएको जिवनमा फुलको सपना सजाएका होलान् ।
तर निम्न पारिवारिक अवस्थाका कारण कतिपय विद्यार्थीका सपना ,सपना नै रहिरहन्छ । शिक्षामा सबैको पहुँच हुनुपर्छ भनेर राम्रा कानुन बनेका छन् तर यसको कार्यनयनमा लापरबाहीका कारण अधिकाम्स ठाउँहरु छन जहाँ उच्च शिक्षा पुगेका छैनन। कतै विद्यालयका ठुलाठुला भवन बनेका छन बिडम्बना त्यहा विद्यालय जाने किन त रु भन्ने जनचेतनासम्म पनि पुगेको छैन, चिन्तन गर्ने विषय हो । काठमाडौं बसेर चौबीसै घन्टा किताब अगाडि बसेर ल्याएको ४।०जि।पि ।ए र जुम्ला हुम्लामा बसेर ल्याको ३.२ जि.पि.ए उस्तै उस्तै हुन् भन्दा फरक नपर्ला किनकी सङ्घर्षको असफलता मुल्यवान हुन्छ भने सङ्घर्षबिहिनको सफलताको कुनै मूल्य हुँदैन ।
यदि ति ठाउँहरुमा पनि उचित उच्च शिक्षाको व्यवस्था भइदिए देखि आफ्नै गाउँ ठाउँ र प्रकृतिसंग प्रेमपुर्वक रमाउदै ति विध्यार्थिहरुले कति प्रगति गर्ने थिए होलान त , कल्पनारहित विषय‘‘। कतिपय विद्वानले भन्ने गर्छन् "पिपलको बोट त सिमेन्टको घर नै फोरेर भएपनि आफ्नो बाटो आफैं बनाउछ ,तर दुख लाग्दो विषय उनिहरुले घर फोरेका एउटा दुईवटा पिपलको बोट मात्र देख्छन् त्यस्ता कयौं बोटहरु आफ्नो बाटो नपाएर त्यही भित्र हराएका कलिला मुनाहरु देख्दैनन । ति मुनाहरुलाई बुझ्ने कसले त रु राजधानीको यात्रा धेरैका लागी कठीन र सङ्घर्षयुक्त हुन्छन् तर ती सबै सङघर्शको सामना गर्दै सबै आफ्नो सपनाका लागि दिनरात भौतारिन्छन ।सायद सबैले पुनः मातृभूमि फर्किदा एक अञ्जुली फुल लिएर आफ्नो मातृभूमिलाई अर्पण गर्ने सपना बोकेर काठमाडौंको यात्रा तय गर्छन् ।
तर सोचेजस्तो नहुनु नै त वस्तवमा जीवन हो । नकारात्मक प्रतिस्पर्धा र ठुलाठुला महत्वाकांक्षाले ति सपनालाई राजधानी मै सिमित र अस्तव्यस्त बनाइदिन्छ । जुन ठाउँदेखि हाम्रा कलिला हस्तहरुले अक्षर लेख्न थाले , जुन ठाउँमा हाम्रो निलकन्ठदेखि अमृत बोली फुट्दा हाम्रा बुबाआमा मात्र नभएर प्रकृति पनि हास्ने गर्थ्यो आज त्यो ठाउँ हामीलाई अन्जान लाग्न थाले । र हामी रुदा हास्ने प्रकृतिसंग रमाउन थाल्छौ , यस्ता रमाइलाका पल क्षणिक र देखावटी मात्र हुन्छन् । उता भने हाम्रो मातृभूमि र आमाबुबा आफ्नो सन्तानको पुनरागमनंको पर्खाइमा बसिरहेका हुन्छन् । उनिहरुलाई के थाहा , ग्यानी र असल बनाउन सन्तानको माया त्याग्नु पर्दोरहेछ भन्ने । राजधानीमै अस्तव्यस्त भएपनी कोही त सफल हुन्छन भने कोही कुलतमा फसेर आफुले संकल्प गरेका सपनाको आफैले गला घोट्छन । कोही नचाहादानचहादै पनि राजधानीको महङ्गाई र गरिबीको कारण आफ्नो सपना परा गर्न नराम्रो काम गर्न बाध्य हुन्छन् ।
पुरातन समयमा हाम्रा पुर्वजहरुले घरबाटै औपचारिक शिक्षा प्राप्त गरेर पनि आफ्नो सपना पूरा गरेका थुप्रै उदाहरण देख्न पाईन्छ । त्यतिबेला न त अहिले जस्तो प्रविधिको विकास भएको थियो न त सूचना पाउने साधन नै तर पनि इतिहास पल्टाउने हो भने उनीहरुको दृढ़ इच्छाशक्तिको कारण आफ्नै गाउँठाउँबाट नै आफ्ना सपना पूरा गरेका थिए । अहिले त हामी २१औं शताब्दी अर्थात् विज्ञान र प्रविधिको युगमा आइपुगेका छौं जहाँ जुन ठाउँ बसेर पनि हामी कुनै किसिमको सुविधाबाट वन्चित हुनुपर्दैन अनि किन त राजधानी रु अब आफ्नै गाउँ ठाउँलाई बनाऔ र राजधानी नै जानुपर्ने बाध्यता कसैलाई नबनाऔ र स्वयं पनि नसोचौ ।