Logout

चर्चामा

नेम्वाङको दावी- एमालेबाट छुट्टिएकाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन्

1k Shares

काठमाडौं । नेकपा एमालेका नेता एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजन रोजेकाहरूले त्यसको औचित्य स्थापित गर्न नसक्ने दावी गरेका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टी निकट कानून व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै नले भने, ‘विभाजनको औचित्य स्थापित गर्ने छैनन् साथीहरूले ।

विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । अहिले नै प्रष्ट देखिएको छ विभाजन स्थापित हुने छैनन् ।’ माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको बताए। ‘माले फुटाउँदा कमसेकम राष्ट्रियताको प्रश्न थियो ।

तर, त्यसले पनि तानेन,’ नेम्वाङले भने। नेम्वाङले माधव नेपाल पक्षमा लागेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरू पनि विभाजनको विपक्षमा रहेको भन्दै उनले विभाजनप्रति प्रश्न उठाए ।

उनको प्रश्न छ, ‘कमरेड माधवकुमार नेपालसँग रहेका स्थायी कमिटी र केन्द्रीय कमिटीका साथीहरूले विभाजनमा जानु हुँदैन भन्दा भन्दै सधैँ विधिको कुरा गर्ने कमरेड माधव नेपालले निर्वाचन आयोगमा दल विभाजन गर्न किन जानु भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार