Logout

चर्चामा

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

1.2k Shares

काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । नेपाल आइपुगेकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएसन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार