Logout

चर्चामा

सत्ता समीकरणका लागि तीन दलबीच हुने भनिएको वार्ता अनिश्चित

1.2k Shares

काठमाडौं । सत्ता समीकरणका लागि तीन दलबीच हुने भनिएको वार्ता अनिश्चित भएको छ ।

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा झण्डै तीन बर्ष अघिको अवस्थामा फर्केपछि सुरु भएको नयाँ सत्ता समीकरणको प्रयास र नेताहरुको दौडधूप भने जारी नै रहेको छ ।

परिवर्तित राजनीतिक अवस्थासँगै केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता गर्न तयार भएको नेकपा माओवादी केन्द्र नयाँ सत्ता समीकरणका लागि दलहरुबीचको सहकार्य सुनिश्चिततालाई पर्खेर बसेको छ ।

सर्वोच्च अदालतले नेकपा विवादमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेपछि एमाले र माओवादी पुर्ववत अवस्थामा फर्केपछि माओवादी केन्द्रसहित नेपाली काँग्रेस र जसपाले नयाँ सत्ता समीकरण बनाउने प्रयास जारी राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार