Logout

चर्चामा

ओलीले भने - लेखराज भट्ट नै सुदूरपश्चिम इन्चार्ज, भीम रावलले उपाध्यक्षको काम गर्नू

1.2k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारीमा स्थायी कमिटी सदस्य लेखराज भट्ट नै यथावत रहने बताएका छन् । एमाले सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने अन्योलकैबीच आइतबार बिहान बालकोटमा शीर्ष नेताहरुसँगको छलफलमा ओलीले सुदूरपश्चिम इन्चार्ज परिवर्तन नहुने प्रष्ट पारेका हुन् ।

२०७५ जेठ २ मा फर्कने १० बुँदे सहमति अनुसार उपाध्यक्ष भीम रावल सुदूरपश्चिमको प्रदेश संयोजक हुनुपर्ने थियो। तर, ओलीले अहिलेको नेकपा एमाले जेठ २, जेठ ३ देखि पुस ५ र पुस ७ पछि बनेका सबै संरचनाबाट निर्माण भएको भन्दै ओलीले भट्टले नै अहिले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने प्रष्ट पारेका हुन् ।

‘पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ। अहिलेको कार्यविभाजनमा भीम रावल उपाध्यक्ष हुनुहुन्छ। सहजीकरण गर्ने कार्यदल बनेको छ। त्यसको सहजीकरण गरिरहनुभएको छ,’ छलफलमा सहभागी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले भने, ‘सबै नेताहरुलाई राखेर अध्यक्षले प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुने र उपाध्यक्ष रावल सहजीकरणको जिम्मेवारीमा रहने भन्नुभयो।’

केहीदिन अघि एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले दश बुँदे सहमतिलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार