Logout

चर्चामा

ककनीमा विभिन्न पार्टी परित्याग गरी सयौंले गरे एमालेमा प्रवेश

1k Shares

नुवाकोट । नेकपा एमाले ककनी गाउँपालिका संगठन कमिटीले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदैँ गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संवत्, ल्होसार र छठ पर्वको अवसरमा शुभकामना आदानप्र्रदान गर्दै एमाले ककनीले बागमती प्रदेश सरकारका राज्यमन्त्री बद्री मैनालीलाई बधाई तथा अभिनन्दन गरेका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि सयौंले नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले प्रवेश गरेका कार्यकतालाई मन्त्री मैनालीले स्वागत गरेका छन् । झण्डै ८ सय भन्दाबढि उपस्थित कार्यक्रममा नेकपा माओवादीबाट ४३ जना, नेपाली कांग्रेसबाट ३६ जना, नेकपा एसबाट फर्किएका १३ जना र राप्रपाबाट ९ जना एमाले प्रवेश गरेको नेकपा एमाले नुवाकोटका कोषाध्यक्ष काशिराज अधिकारीले क्विक नेपाललाई बताए ।

ककनी एमाले अध्यक्ष जनार्दन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली प्रमुख अतिथीको रुपमा थिए । उनले नुवाकोटको विकासको लागि आफ्नो दक्षता र स्रोतले भ्याएसम्म विकास कार्यक्रमलाई प्रथामिकता दिएको बताए ।

244500603_601855821233869_775490165212176442_n.jpg

अन्य दलबाट प्रदेश सभादेखि प्रतिनिधि सभासम्म जितेकाहरु एक दिन पनि जनताकोबीचमा आउन नसकेको भन्दै मन्त्री मैनालीले एमाले र एमालेका प्रतिनिधि जनताको बीचमा रहेर गुनासो सुन्दै कार्यक्रमहरु गरिरहेको बताए ।

कार्यक्रममा मैनालीले माओवादी र कांग्रेसलाई धुलो चटाउँदै नुवाकोटलाई एमालेमय बनाउने दावी गरे । स्थानीय सरकारले जनतामुखी कार्यक्रमलाई फालेर कार्यकर्तामुखी योजनाहरुलाई जोड दिएको भन्दै मन्त्री मैनालीले नुवाकोटे जनताले अबका दिनमा सबै प्रतिनिधि नेकपा एमालेबाटै रोज्ने दावी गरेका हुन् ।

प्रतिनिधि सभामा जितेर गएका नेता कुन धुलोँमा छिरेर मुसा मारिरहेको छ । नुवाकोटमा जनताको समस्याको बीचमा आएको कसैले देख्नुभएको छ । एक रुपैयाँ जनातामुखी कार्यक्रमलाई विनियोजन गरेको देख्नु भएको छ, छैन । माआवोदीको नेताको औकातले त्यतिसम्म सोच्नै सक्दैन । जनतालाई लुटेर, ठगेर र जनता मारेर आएको नेताले जनातालाई बेवास्ता गरेको छ, मन्त्री मैनालीले आक्रमक हुँदै माओवादी नेता हित बहादुर तामाङतिर संकेत गरे ।

मन्त्री मैनालीले नेकपा एमालेबाट चोइटिएर गएकाहरुको पार्टी समाजवादी नभई खरानी पार्टी भएको संज्ञा दिएका छन् । हामीबाट छुटिएर गएकाहरु ठूला कुरा गर्दैछन् । जिल्ला कमिटी पूर्ण नहुँदै लगातार साथीहरु मूल पार्टीमा फर्किदै छन् । तै पनि ठूला कुरा, मन्त्री मैनालीले भने ।

नुवाकोटमा नेकपा (एकीकृत समाजवादी)ले एक प्रतिशत पनि एमालेलाई घाटा नुहने मन्त्री मैनालीले दावी गरे । कार्यक्रममा बोल्दै एमाले नुवाकोटका कोषाध्यक्ष अधिकारीले सबै जनता एमालेमा समाहित भइरहेकोले नुवाकोटमा एमालेले झण्डा फहराउने दावी गरे ।

अब नुवाकोट एमालेमय भएको छ । केही ठाउँमा अरु दलले स्थानीय तह जित्दा जनताले कति दुख पाए । एमालेले जितेको ठाउँमा के भइरहेको छ । जनताले फरक छुट्टाइसके । त्यसैले जनताले एमालेको विकल्प नभएको महसुश गरेका छन्, अधिकारीले भने ।

ककनी सचिव योगेन्द्र तामाङले संचालन गरेको कार्यक्रममा एमाले नुवाकोटका सचिवालय सदस्य पूर्णलाल श्रेष्ठ, सचिवालय सदस्य एंव ककनी इन्चार्ज चन्द्र बहादुर बलामीलगायतले मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार