Logout

चर्चामा

प्रचण्डको माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो, अव सकिन्छ : मुमाराम खनाल

4.7k Shares

काठमाडौं । पूर्वमाओवादी नेता एवं राजनीतिक विश्लेषक मुमाराम खनालले पुष्पकमल दाहाल, प्रचण्ड नेतृवको नेकपा माओवादी केन्द्र असान्दर्भिक भइसकेको र अव समाप्त हुने बताउनु भएको छ ।

पूर्वसचिव रामेश्वर खनालले भने जस्तै अब माओवादी समाप्त हुने भन्दै खनालले यस्तो बताउनु भएको हो । देशको समृद्धिका लागि माओवादी सखाप नपारी हुँदैन भनेर सामाजिक सञ्जनालमा टिप्पणी गर्नुभएका रामेश्वरको भनाइमा साथ दिँदै मुमारामले पनि उक्त टिप्पणी सही भएको बताउनु भएको हो ।

रामेश्वरको टिप्पणीमा थप्दै मुमाराम खनालले लेख्नुभएको छ, ‘रामेश्वर खनाल सरले भनेको सत्य हो। कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ र कहिले काँग्रेससँग मिलेर। स्वतन्त्र रुपमा माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो। आफैले ३३ बर्ष नेतृत्व गरेको पार्टीको यो हालत हुँदा पनि दाहालले दोष भने अरुलाई दिन्छन। जो झुक्दैन, त्यो टुट्छ/सकिन्छ।’

त्यसअघि रामेश्वरले भन्नुभएको थियो, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त।’ लगत्तै त्यसको सवाल जवाफमा भाग लिँदै उहाँले भन्नुभएको छ, ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !’ मुमारामले यो भनाई सही रहेको बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार