Logout

चर्चामा

सी डिभिजन फुटबलमा आज दुई खेल हुने

1.4k Shares

काठमाडौं ।  सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा वीरगञ्ज युथ एकेडेमी र झापा एफसी खेल्ने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे १२ बजे खेल्ने छन् । यस्तै वीरगञ्ज  युथ एकेडेमी र झापा एफसीबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार