Logout

चर्चामा

प्रधानन्यायाधीशसलाई सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ : बार अध्यक्ष श्रेष्ठ

827 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।

महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए । उनले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुपर्ने बताए । श्रेष्ठले अब सम्मानजनक बहिर्गमन नभइ घोक्रेठ्याक लगाउनुपर्छ समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार