Logout

चर्चामा

एमालेको १०औं महाधिवेशनको नारा सार्वजनिक

1.8k Shares

काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको नारा पनि सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गर्नुभएको हो ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ ।

एमालेको १०औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।

यो नि हेर्नुहोस् 

नेकपा (एमाले)ले १० औं महाधिवेशनको आक्रामक प्रचार गर्ने भएको छ । तर ती सबै प्रचार कागजविहीन अर्थात् डिजिटल हुने छन् ।

शुक्रबार च्यासलमा आयोजित महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस पटकको महाधिवेशनमा पोष्टर टाँस्ने र भित्तेलेखन नगरिने बताए। महाधिवेशन केन्द्रित धेरै प्रचार डिजिटल हुने उनको भनाइ छ ।

सोसल मिडिया, डिजिटल मिडिया, डिजिटल डिस्प्ले र ठूला होर्डिङ बोर्डमार्फत् गरिने भट्टराईले जानकारी दिए। त्यस्तै ७ सय ५३ पालिकाहरुमा महाधिवेशन केन्द्रित छलफल, गोष्ठी, अन्तरक्रिया, सेमिनारलगायतका कार्यक्रम आयोजनामा हुनेछन् । एमालेको बुद्धिजिवी परिषद्ले काठमाडौं, चितवन र प्रदेशका राजधानी केन्द्रित ठूला अन्तरक्रिया कार्यक्रम पनि गर्ने छ।

त्यस्तै मंसिर ७ गते सबै जिल्ला र प्रमुख नगरहरुमा मोटर साइकल र्याली आयोजना हुने छ। सबै राजमार्ग र अन्य साहायक मार्गहरुमा स्वागत द्वार राखिने भएको छ । वडा कमिटी देखि सबै कमिटी र जनवर्गीय संगठले आआफ्ना ठाउँमा स्वागत द्वार बनाउने छन् । त्यो ७ , ८ र ९ गते भित्र बनाइसक्नुपर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार