काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले नुवाकोटले १७ प्रतिनिधि चयन गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो ।
एक जना प्रतिनिधिको लागि थप छलफल भइरहेको नेकपा एमाले नुवाकोटका उपाध्यक्ष एंव पूर्व मन्त्री बद्री मैनालीले बताएका छन् । नेकपा एमाले नुवाकोट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी पश्चात छलफल गर्दै नेकपा एमाले नुवाकोटले सर्वसम्मत रुपमा प्रतिनिधिको चयन गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशव पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा र उपाध्यक्ष एंव पूर्व मन्त्री मैनालीसहित १६ जना प्रतिनिभि चयन भएका छन् ।
प्रतिनिधिको नामावली
क्षेत्र नं. १
१. बद्री मैनालि
२. बिन्दा ढुङ्गाना
३. काशिराज अधिकारि
४. पुर्णलाल श्रेष्ठ
५. शर्मिला थपलिया
६. जित बहादुर घले
७. मंगलमाया प्रजापति
८. केशव सेञ्चुरी
क्षेत्र नं. २
१. केशवराज पाण्डे
२. नारायण खतिवडा
३. रामशरण प्याकुरेल
४. बुद्धी बहादुर प्रधान
५ टुङ्ग्याउन बाँकी
६. सावित्री प्याकुरेल
७. मेन्चुङ लामा
८. गिता दाहाल
९. उषाकिरण तिम्सेना