Logout

चर्चामा

धनकुटामा एमालेको भव्य सभामा अध्यक्ष ओलीले भन्नुभयो– ‘थोत्रो पार्टी पछाडि लाग्ने माधव नेपालको बुद्धि कस्तो होला ?’

1.8k Shares

धनकुटा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले राजनीतिक बाटो बिराएकोमा आश्चार्य प्रकट गर्नुभएको छ ।

धनकुटाको खोकुछिन्ताङमा सोमबार आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस त यति थोत्रो भइसक्यो कि अब कामै लाग्दैन। थोत्रो पार्टी भइसकेको छ अब यसको काम छैन । तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ।’

ओलीले कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप पनि लगाउनुभयो ।

यसैबीच नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका(३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेतारकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार