Logout

चर्चामा

ओली नेपालगन्जमा, तीन हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउँदै

752 Shares

बाँके । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाँकेको नेपालगन्ज पुगेका छन् । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका तीन हजारभन्दा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओलीे नेपालगन्ज पुगेको एमाले नेता देवराज भारले जानकारी दिए । केही समयअघि उनी नेपालगन्ज पुगिसकेको उनले बताए ।

उनलाई विमानस्थलबाट विशेष सुरक्षाका साथ कार्यक्रमस्थलमा पुर्याइएको छ । मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्न लागेको एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

केही समययता कार्यकर्तासहित एमाले प्रवेश गर्ने तयारीमा मिश्र रहेका थिए । उनी गत निर्वाचनमा एमालेमा नखुलेका कारण थोरै मतले पराजित भएको एमालेको निष्कर्ष छ । ओलीको स्वागतमा नेपालगन्जका विभिन्न चोकचोकमा नेता कार्यकर्ताहरुको भीड लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार