1.2k
Shares
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आगामी जेठ १ देखि काठमाडौंमा हुने भएको छ ।
लुम्बिनीमा सम्पन्न अखिलको पाँचौं पूर्ण बैठकले जेठ १ देखि ४ सम्म सम्मेलन गर्ने निर्णय गरेको हो । १ गते सम्मेलनको उद्घाटन, २ र ३ गते बन्द सत्र र ४ गते पत्रकार सम्मेलन गरिने अखिलले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
बैठकले सम्मेलनका लागि विभिन्न समिति र उपसमितहरू गठन गरेको छ । वर्तमान अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा ३८ सदस्यीय राष्ट्रिय आयोजक सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकले ६ वटा विभिन्न उपसमित समेत बनाएको छ ।
