Logout

चर्चामा

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेण्डा तय (सूचीसहित)

1.3k Shares

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा यही मंसिर २५-२६ गते बस्ने भएको छ ।

यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए ।

यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ । तामाङका अनुसार स्थायी कमिटी र पोलिटब्यूरो गठन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण लगायत बैठकका १५ एजेन्डा छन् । पहिलो बैठक भने महाधिवेशनस्थल चितवनमै बसेको थियो ।

यस्तो छ- १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकको एजेण्डा :

0001.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार