1.2k
Shares
काठमाडौं । जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्ने बताएका छन् । शुक्रबार बिहान उनले ट्वीटमा यस्तो उल्लेख गरेका छन् ।
उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि भन्दै प्रश्न गरेका छन् । 'पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ' भट्टराईले ट्वीट गरेका छन् 'नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ ।
अत:फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?' भट्टराईले ट्वीट गरेका छन् ।
