Logout

चर्चामा

कांग्रेस संस्थापनइतरको बैठक साँझ ५ बजे, पौडेललाई नै साझा उम्मेदवार बनाउने तयारी

448 Shares

काठमाडौं । सहमतिमा साझा उम्मेदवार छान्न सकस परिरहेको बेला नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ ।

महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको छ । पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर हिँडेका छन् ।

पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए । पौडेल निवासको छलफलमा सहभागी एक नेताले भने, ‘भरे चारैजना दाबेदार राखेर सहमतिका लागि दबाब दिनेछौं, त्यसो गर्दा नि नभए सभापतिको साझा उम्मेदवारको रूपमा रामचन्द्र दाइलाई नै अघि सार्ने तयारीमा हामी लागेका छौं ।’

उम्मेदवार तयको विषय धेरै ढिला हुन लागिसकेकाले अब ‘बोल्ड’ डिसिजन लिएर अघि बढ्ने र नेताहरूलाई दबाब दिने बेला आएको उनले बताए ।

कांग्रेस संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका प्रत्यासी छन् ।

देउवाको साथ छाडेर सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव अघि सारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार