Logout

चर्चामा

एमाले महासचिवको निर्देशन : टोल टोलमा गएर संगठन बिस्तार गर्नुहोस

1k Shares

ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिला नेतृहरुलाई टोलटोलमा गएर संगठन बिस्तार गर्न निर्देशन दिनुएका छन्।

अखिल नेपाल महिला संघले आयोजना गरेको महिला केन्द्रीय सदस्यहरुको सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै पोखरेलले संगठन बिस्तार नभएसम्म काम गरेको परिणाम नदेखिने स्पष्ट पारेका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना भएको कार्यक्रममा पोखरेलले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकोले त्यस भन्दा अघि नै सबै जनवर्गीय संगठनका कमिटीहरु चुस्त बनाउनु परेकोले फागुनसम्ममा अधिवेशन र महाधिवेशन सक्न निर्देशन समेत दिए।

पोखरेलले महिलाहरुलाई विकास निर्माणका काम पनि सरिक हुन,जनतासँग भिज्न,जनताका गुनासा सुन्न र त्यसको सम्बोधन गर्न पनि निर्देशन दिएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार