Logout

चर्चामा

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

564 Shares

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताबाट राजीनामा गरेको जानकारी दिएका छन्।

उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएकाे बताए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएर राजीनामा दिएको भन्ने गलत भएको उनकाे भनाइ थियाे।

“प्रधानमन्त्रीज्यूलाई भेटेरै राजीनामा दिएको छु,” उनले भने। उनी ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनी यसअघि कानूनमन्त्री पनि भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार