Logout

चर्चामा

उपसभापतिको मतगणना : १७०० मत गन्दा भण्डारी र गुरूङले लिए अग्रता

977 Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट गणना थालिएको उपसभापतिको मतगणनामा १ हजार ७०० मत गणना हुँदा शेखर प्यानलका दुवै उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।

सुरुवातदेखि नै अग्रता कायम गरेका धनराज गुरूङलाई पछ्याउँदै उक्त प्यानलका अर्का उम्मेदवार डा चन्द्र भण्डारीले देउवा प्यानलका दुवै उम्मेदवारहरूलाई पछि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार गुरुङले ७४५ मत ल्याउँदा सोही प्यानलका अर्का उम्मेदवार डा. चन्द्र भण्डारीले ६७२ मत ल्याएका छन् । देउवा प्यानलबाट उपसभापतिमा उठेका पूर्ण बहादुर खड्काले ५८० मत, र सोही प्यानलका विजयकुमार गच्छदारले ४७० मत ल्याएका छन् ।

दुई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् । तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार