475
Shares
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ ।
निर्वाचन समितिका अनुसार २५२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १६४८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन् भने प्रदिप पौडेलले ७४६ मत प्राप्त गरेका छन् ।
मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले ८२७ र मीनेन्द्र रिजालले ४३६ मत पाएका छन् ।