Logout

चर्चामा

बालकोट पुगेर ओलीलाई चिनियाँ राजदूत यान्छीले दिइन् बधाई

2.1k Shares

काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले एमालेको अध्यक्ष पदमा फेरि निर्वाचित भएकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर बधाई दिएकी छन् ।

ओली पुन: पार्टी अध्यक्ष भएपछि बालकोट पुगेर बधाई दिने यान्छी पहिलो विदेशी राजदूत हुन् । एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार ओलीसँग यान्छीले सोमबार भेटवार्ता गरेकी हुन् ।

ओली प्रधानमन्त्रीबाट हटेयता पहिलो पटक होउसँग भेटवार्ता भएको हो । भेटवार्ताका सम्बन्धमा नेपालस्थित चिनियाँ दूतावासले भने कुनै सूचना सार्वजनिक गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार