1.2k
Shares
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् ।
संस्कृति बचाउ अभियानले बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेटघाट गर्ने क्रममा उक्त प्रतिक्रिया दिएका हुन् । अभियानका कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत बालकोट पुगेका थिए ।
उनले प्रतिक्रिया दिदै भने ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ ।’
उनले अगाडि भने,‘ दैनिक भेट भइरहन्छ, माला लगाउँछन् तर, पनि अहिलेसम्म संक्रमित भएको छैन ।’