Logout

चर्चामा

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

1k Shares

अर्घाखाँची। नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।

नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो । जसको उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् ।

यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार