509
Shares
रुसले आफूहरुको युक्रेनमाथि हमलाको कुनै सोच नभएको स्पष्टिकरण अमेरिकालाई दिएको छ ।
यी दुई देशका अधिकारीबीच जिनेवामा भेटघाट भएको छ । सोमबार सात घण्टासम्म चलेको बैठकपछि दुई पक्ष तनाव कम गर्नका लागि सहमत भएका छन् ।
यद्यपि, कुराकानीका बेला खासै कुनै ठूलो सफलता भने हात लाग्न सकेन । युक्रेनसँगको रुसको सीमामा करिब एक लाख रुसी जवान तैनाथ छन् र उसले युक्रेनमाथि हमला गर्नसक्ने आँकलन गरिएको छ । यस्तै पश्चिमले रुसलाई चेतावनी दिएको छ ।