Logout

चर्चामा

आज वाग्मती प्रदेश र प्रदेश-२ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने

448 Shares

काठमाडौं ।  देशका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचनाअनुसार प्रदेश-२ र वाग्मती प्रदेशका विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने भएको हो ।

प्रदेश-२ को जनकपुरमा रहेको सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदैछ ।

यस्तै वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि आज लाइन काटिँदै छ ।

वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गतका फिडरहरुमा  बिहान ८ बजेदेखि दिउँसो ६ बजेसम्म १० घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय हरेक दिनजसो देशका विभिन्न ठाउँमा मर्मतको काम गर्न भन्दै लाइन बत्तीको लाइन काट्न थालिएको छ । यसले दैनिक जीवनयापन र औद्योगिक क्षेत्रहरुमा असर परिरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार