Logout

चर्चामा

सरकारले दियो कोभ्याक्सिन खोपलाई प्रयोग अनुमति

537 Shares

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्ध भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । 

विभागले शुक्रबार सूचना जारी गर्दै कोभ्याक्सिनलाई सशर्त प्रयोग अनुमति दिएको जनाएको हो । कोभ्याक्सिन एक डोज मात्रा ०.५ एमएल दिइन्छ ।

यो खोपलाई २–८ डिग्री सेन्टिग्रेट तापक्रममा अधिकतम ६ महिना भण्डारण गर्न सकिन्छ । कोभ्याक्सिनसहित नेपालमा कोभिड–१९ विरुद्धका तीनवटा खोपले प्रयोग अनुमति पाएका छन् ।

यसअघि सरकारले भारतको सिरम इन्टिच्युटको कोभिसिल्ड र चीनको सिनोफार्म खोपलाई प्रयोग अनुमति दिइसकेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार