Logout

चर्चामा

नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै

922 Shares

काठमाडौं । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले केहीबेरअघि जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालले गत वर्षकै झै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ ।

नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गतवर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको वरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ ।

नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार