1.2k
Shares
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशहरु माथि उजुरी आह्वान गरेको छ । न्याय परिषद्ले सिफारिस गरेको पत्र चैत १ गते प्राप्त भएको भन्दै समितिले उजुरी आह्वान गरेको हो ।
समितिले सार्वजनिक सूचना निकाल्दै सबै जिल्ला प्रशासन कार्यालयमार्फत तथा समितिमा सिधै उजुरी गर्न आह्वान गरेको छ । परिषद्ले सर्वोच्चको न्यायाधीशमा डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको थियो ।
समितिले चैत १४ गतेसम्ममा आइपुग्ने गरी उजुरी मागेको छ । उजुरीकर्ताले आफ्नो परिचय पूरा खलाउनुपर्ने र स्पष्ट रुपमा उजुरी लेख्न समितिले सूचनामार्फत भनेको छ ।
उजुरीकर्ताले चाहेको अवस्थामा उनीहरुको परिचय गोप्य राखिने पनि समितिले सूचनामार्फत जनाएको छ ।
