Logout

चर्चामा

चुनाव घोषणाको माग गर्दै मन्त्री क्वार्टरअगाडि कालो झण्डासहित प्रदर्शन

662 Shares

एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री निवासअगाडि कालोझण्डासहित प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका महासचिव समिक बडलको नेतृत्वमा विद्यार्थीहरुले चुनावको मिति घोषणा मागसहित प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु बिहानै पुल्चोकमा भेला भएर स्थानीय तहको चुनाव सार्ने प्रपन्च हुन लागेको भन्दै खबरदारी गरेका हुन् । उनीहरुले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले निवासबाट बाहिरिँदै गरेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा देखाएका छन् । उनीहरुले मन्त्री कार्कीको सवारीलाई अवरोधसमेत गरेका थिए । स्थानीय तहका निर्वाचित प्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । तर सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गरेको छैन । निर्वाचनको मिति घोषणा नभएसँगै सरकारको चौतर्फी विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार