369
Shares
सप्तरी । जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलनको क्रममा सप्तरीको भारदहमा भएको झडपमा हनुमाननगर कंकालनी नगरपालिकाका जनमत पार्टीका सचिव शंकर खड्गा गम्भीर घाइते भएका छन्।
आन्दोलनको क्रममा प्रहरीले लखेटेपछि भाग्ने क्रममा प्रहरीले बुटले हान्दा खुट्टाको हड्डी फ्याक्चर भएको जनमत पार्टीकी नेतृ सुशीला यादवले बताइन् । खड्गाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहोको छ ।
पछिल्लो एक महिनादेखि किसानको पक्षमा ११ बुँदै माग राखेर जनमत पार्टीले सडक संघर्ष गर्दै आएको छ । तर, सरकारले आफूहरूका माग सम्बोधन नगर्दा आजदेखि पुनः राजमार्गमा हडताल सुरु गरेको उक्त पार्टीकी नेतृ यादवको भनाइ छ ।