1.7k
Shares
काठमाडौं । नेपाली कांग्रेस पार्टीको प्रवक्तामा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन् ।
प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. महतलाई प्रवक्ता तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।