661
Shares
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तोकिनेबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । यसअघि नै निर्वाचन आयोगले आगामी जेठ ४ गतेका लागि स्थानीय निर्वाचन गर्न प्रस्ताव गरिएको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्योल कायमै छ ।