1.2k
Shares
काठमाडौं। दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको ७४ वर्षको उमेरमा निधन भएको छ ।
महाभारत सिरियल बाहेक, प्रवीण कुमारले धेरै बलिउड फिल्महरूमा पनि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई प्रभावित पारेका छन्। तर महाभारत सिरियलमा भीमको भूमिका खेलेर उनी घर–घरमा चर्चित भए । भीमको चरित्रमा उनलाई निकै रुचाइएको थियो । प्रवीणको निधनको खबरले उनका फ्यानहरु मर्माहत भएका छन् ।
प्रवीण कुमारको मृत्युको खबरले सबै स्तब्ध भएका छन् । प्रवीण कुमार सोबतीको दिल्लीमा निधन भएको छ । आज उनको पञ्जाबी बागस्थित श्मशान स्थलमा अन्तिम संस्कार गरिने भारतिय संञ्चारमाध्यमहरुले जनाएका छन्।