993
Shares
बुटवल। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ।
तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा युवा शव फोला परेको हो । स्याङ्जा कालिगण्डकी गा.पा - ३ का ४० वर्षीय अर्जुन घर्ती रहेकाे प्रहरीले जनाएको छ ।
स्थानीयले घर्तीको शव देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । बुधबार राति करिब १० बजेको समयमा भेटिएको उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।
संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।