Logout

चर्चामा

केपी ओलीलाई प्रचण्डको फोन : ‘एमसीसीबारे तपाईंले निर्णय नगरी भएन’

1.4k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेका छन् ।

प्रचण्डले हिजो बिहीबार साँझ ओलीलाई फोन गरी एमसीसीबारे सहयोगको अपिल गरेका हुन् । प्रचण्डको आग्रहमा ओलीले भने कडा जवाफ फर्काका छन्। ओली र प्रचण्डबीच एमसीसीबारे टेलिफोन सम्वाद भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पुष्टि गरेका छन् ।

अध्यक्ष ओलीले एमालेलाई सत्ताबाट हटाएपछि चार पाँच महिनामै एमसीसी पास गराउँछौ भनेर कागज गर्नेहरूले यस विषयमा निर्णय लिनुपर्ने अडान लिएका छन् ।

रिजालले टेलिफोन सम्वादबारे खुलासा गर्दै सामाजिक सञ्जालमा लेखेका छन् :

“एमसीसीका सम्बन्धमा विदेशीले सोधुन् वा स्वदेशीले नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ” तपाईँहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि  ‘४-५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् नेकपा (एमाले)त निर्णय गरिहाल्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार