Logout

चर्चामा

एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा

771 Shares

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ ।

स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो । यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ ।

विभिन्न ठाउँमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हुँदा त्यसलाई दृष्टिगत गर्दै एकै ठाउँबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए। 

उने भने, ‘गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वय गरी सेवालाई थप प्रभावकारी बनाउने गरी प्राविधिक उपलब्ध गराउनेछ, एकीकृत सेवाले महत्त्वपूर्ण टेवा पुग्ने विश्वासका साथ थालनी गरिएको छ ।’

भौगोलिक कठिनाइका कारण विभिन्न ठाउँमा रहेका कार्यालयमा सेवा लिन जाँदा आवतजावतमा नागरिकले सास्ती भोग्दै आएका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार