Logout

चर्चामा

प्रधानमन्त्री–विप्लव भेटवार्ता : तीनबुँदे सहमतिबारे छलफल

839 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर विप्लवले ओलीलाई भेटेका थिए। उनीहरूबीच २१ फागुनमा भएको शान्ति सम्झौता कार्यान्वयनबारे छलफल गरेको नेकपाका एक नेताले जानकारी दिए ।

सरकारसँग गरिएको तिनबुँदे सहमतिपत्रमा उल्लेख भएअनुसार नेकपाका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइका सन्दर्भमा सरकार के गरिरहेको छ भन्दै उनले चासो राखेका थिए।

सो भेटवार्तामा विप्लवले जनमतसंग्रहको प्रस्तावसमेत राखेको ती नेताले बताए। समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको जनाइएको छ।

यो पनि पढ्नुस

नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको उनले बताए । पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बुझिएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार