Logout

चर्चामा

शेयर बजार २५ अङ्कले बढ्यो, कति भयो कारोबार ?

674 Shares

काठमाडौं । आइतवार ३९ अङ्कले घटेको शेयर बजार सोमवार (आज) भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से सोमवार (आज) २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयो ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार