Logout

चर्चामा

केपी शर्मा ओली ७१औं वर्षमा प्रवेश

1k Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आजबाट ७१औं वर्षमा प्रवेश गरेका छन् ।

दुई कार्यकाल नेपालको प्रधानमन्त्री बनेर सत्ता सम्हालेका ओली आजबाट ७० वर्ष पूरा भएका हुन् । अनेकौँ हण्डरलाई पनि सरल रुपमा सामना गर्ने ओलीको जीवनमा स्वास्थ्य  त्यति अनुकुल नभएपनि सक्रीय राजनीतिमा निरन्तर लागी परिरहने नेताका रुपमा परिचित छन् ।

केपी ओली बि.स २००८ साल फागुन ११  मा तेह्रथुम जिल्लाको आठराई तत्कालीन इवा गा.बि.स. सिम्लेमा जन्मिएका थिए । तर पछि उनको परिवार झापा बसाइ सरेको थियो । उनको आमा केपी सानै छँदा बितेकी थिइन् । उनलाई बुबा मोहनप्रसद ओलीले हुर्काएका थिए ।

दुई पटकसम्म किड्नी प्रत्यारोपण गरेका ओलीले नेपाली राजनीतिमा हक्की र अडिक स्वभावका नेताको छवी बनाएका छन् । ठट्यौली र उखान टुक्काले बिपक्षीकालाई कटाक्ष गर्ने उनको अभिव्यक्ति र भाषणको प्रभावले गैर एमाले कार्यकर्ताहरुले पनि उनलाई मन पराउने गर्दछन् ।

उनले आफ्नो जन्मदिन सामान्य रुपममै मनाउदै आएका छन् । गतसाल उनले बालकोटमै सामान्य रुपमा मनाए । उनका बुबा हाल झापामा रहँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार