1.2k
Shares
काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई बिहीबार (भोलि) को बैठकमा छलफल सुरु हुने भएको छ।
संघीय संसद् सचिवालयले भोलिको बैठकको कार्यसूचीमा एमसीसीलाई राखेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। गएको आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्तुत गरेका थिए ।
