831
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने भनेपनि अहिले सम्म सुरु भएको छैन । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ।’
एमसिसीको विषयमा भने एमालेले संसदमा कुनै कुरामा छलफल नगर्ने जनाएको छ ।