784
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।
लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् भने अर्का प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका हुन् ।
यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।