1.2k
Shares
काठमाडौं । युक्रेनको दोश्रो ठूलो शहर खार्किभमा रुसी सेना चारदिनपछि प्रवेश गरेका छन् ।
रुसी सीमाबाट ३० किलोमिटर मात्र टाढा रहेको खार्किभमा ठूलो संख्यामा रुसी सेना प्रवेश गरेको बीबीसीले जनाएको छ। सो शहरमा करिब १५ लाख जनसंख्या रहेको छ । यस शहर रुसी शहर बेल्गोरोडबाट ८० किलोमिटरको दूरीमा रहेको छ ।
रुसी सेना सहरको मुख्य भागमा प्रवेश हुन नदिनको लागि युक्रेनी सेनाले प्रतिरोध गरिरहेको छ । यसैबीच, युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलेसंसारमा अविश्सास गरेपछि हामी रुसी हस्तक्षेपविरुद्ध ७२ घण्टादेखि सामना गरिरहेका छौँ भनेर एक ट्वीट गरेका छन् ।