Logout

चर्चामा

एमसीसी पारित गर्नेहरु राष्ट्रका गद्दार हुन् : डा.भीमबहादुर रावल

812 Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्नेहरुलाई राष्ट्रका गद्दारहरुको शंज्ञा दिएका छन् ।

उनले एमसीसी संझौता पास भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं  रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे।

उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । ‘रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरे।

उनले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै  भएको बताए। एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने रापलले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार