Logout

चर्चामा

प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

431 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ ।

प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गरेकी हुन् । पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले भनेकी छन्– एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन।

एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं । धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाइ छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो।

संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’ उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार