Logout

चर्चामा

महाशिवरात्रिको अवसरमा राष्ट्रपतिबाट पशुपतिनाथ दर्शन

1.1k Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पूजाआजा गरेकी छिन् ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी मंगलवार पशुपतिनाथ मन्दिर पुगेर करिब २५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् । नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरे। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बाहादुर आलेले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे ।

राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार