Logout

चर्चामा

बीरगंजमा एमालेको लोकप्रियता बढ्दै, कांग्रेस र जसपा त्यागेर २ सय ५० युवा एमालेमा प्रवेश

1.1k Shares

बीरगंज। बीरगंजमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रमका बिच २ सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रबेश गरेका हुुन् । वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको नेतृत्वमा २ सय भन्दा बढि जनाले कांग्रेस, जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेर झिन्नो मतले पराजित भएका छतकुली एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिए।

उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे। वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्बर शर्मा, बसरुदिन अंसारी , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार